पेप्सिकोला छाप्रो चोकमा ‘गुराँसे देवी कार बजार’ सञ्चालनमा, साढे ५ लाखदेखि ३३ लाखसम्मका गाडी उपलब्ध

काठमाडौं, पेप्सिकोला । पेप्सिकोला छाप्रो चोकमा ‘गुराँसे देवी कार बजार’ सञ्चालनमा आएको छ। औपचारिक उद्घाटन प्रक्रिया चलिरहे पनि बजारले गाडी बिक्री सेवा सुरु गरिसकेको जनाएको छ।

सञ्चालकका अनुसार प्रतिस्पर्धात्मक बजारमा ‘भाग्य मात्र होइन, गुणस्तर र विश्वास’ पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्छ। उनका अनुसार सबै गाडी एउटै प्रकारका ‘रिकन्डिसन’ नहुने र ग्राहकले मन पराएको अवस्था तथा रंगका गाडी पनि उपलब्ध हुन सक्ने बताए।

रिकन्डिसन गाडीप्रति ग्राहकमा कम विश्वास देखिनुको कारण विगतमा सबैले सन्तोषजनक सेवा नपाएको अनुभव रहेको उनको भनाइ छ। “हामीले भने जेनुइन अवस्थाका गाडी मात्र बिक्रीका लागि राखेका छौँ,” उनले भने। ग्राहकलाई गाडी खरिद गर्दा मेकानिकमार्फत जाँच गराएर, राम्ररी बुझेर तथा टेस्ट ड्राइभ गरेर मात्र किन्ने सुझाव पनि दिइएको छ।

यस बजारमा म्याग्न २०१४ मोडल, सुकुटी मारुती २००९ मोडल, २०१७ को स्कार्पियो, स्यान्ट्रो लगायत विभिन्न मोडलका गाडी उपलब्ध छन्। साथै अमेरिकी ब्रान्ड, सुजुकी, मारुती, होन्डाइ लगायत विभिन्न कम्पनीका सवारी साधन बिक्रीका लागि राखिएको जनाइएको छ।

मूल्यका हिसाबले यहाँ साढे ५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्मका गाडी उपलब्ध छन्। ग्राहकको सुविधाका लागि ५० प्रतिशतसम्म फाइनान्स सुविधा पनि प्रदान गरिएको छ।

बजारले भाडाका लागि नभई केवल बिक्रीका लागि मात्र गाडी उपलब्ध गराउँदै आएको जनाएको छ। सञ्चालकका अनुसार अन्य ठाउँको तुलनामा सहुलियत मूल्यमा गाडी उपलब्ध गराउने प्रयास गरिएको छ।