‘क्वार्ज क्रिस्टल’ टल्कने ढुंगा सरकारले गोरखामै राख्ने निर्णय

 गोरखा सदरमुकामस्थित एक घरबाट प्रहरीले बरामद गरेको टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ सरकारले गोरखामै राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त ढुंगालाई गोरखामै राख्ने निर्णय गरेको जानकारी आएको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जनाएका छन ।

गोरखाका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँ, गोरखा नगरपालिकाका मेयर रानामगरको नेतृत्वमा गएका जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधिको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबारै भेटेका थिए।

गोरखा नगरपालिका वडा नं. ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट प्रहरीले गत असार १४ गते उक्त पत्थर ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो ।

 

SHARE