कोशी प्रदेश सरकार फेरि संकटमा

काठमाडौं । कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा पर्ने देखिएको छ।

मुख्यमन्त्री उद्धव थापाले भोलि(सोमबार) विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको आह्वानहुँदा प्रतिपक्षी दल एमाले र राप्रपाका कारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटमा परेको हो।

सभामुखले राजीनामा बुझाएर राज्यमन्त्री बनेपछि उपसभामुखले सम्हालि रहेको प्रदेशसभामा उपसभामुख नै उपस्थित हुने वातावरण देखिएको छैन।  उपसभामुख नहुँदा एमालेका ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा एमालेले केही ज्येष्ठ सदस्यहरूलाई भोलिको प्रदेशसभामा अनुपस्थित गराउने संकेत  देखिएको छ।  भने राप्रपाले पनि आफ्ना सबै सदस्यहरूलाई बैठकमा अनुपस्थित गराउने तयारी गरेको    जनाएको  छ।

SHARE