नेपाल तामाङ कलाकार संघको १६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको भव्य तयारी

काठमाडौं ।  नेपाल तामाङ कलाकार संघको १६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको भव्य तयारीका साथ मनाउने भएको छ  ।

बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननिय तिर्थ लामाको प्रमुख आतिथ्यतामा संघको १६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन यहि भाद्र २३ गते जोरपाटी स्थित याङ्रिमा हिल सिटिमा हुन गइरहेको अध्यक्ष विश्व दोङले बताएका छन्।

यस अघि संस्थापक अध्यक्ष चन्द्र कुमार दोङले ३ कार्यकाल संघको नेतृत्व गरेका थिए । चन्द्र कुमार दोङ पछिका दोस्रो अध्यक्ष इन्दिरा गोलेले संघको १ कार्यकाल मात्र नेतृत्व गरि तेस्रो अध्यक्षको रुपमा सञ्जिव वाईबालाई नेतृत्व हस्तान्तरण गरे संगै तामाङ कलाकार संघले दोस्रो पुस्ताका कलाकारको नेतृत्व पाएका थिए ।

सञ्जिव वाईबाले संघको २ कार्यकाल नेतृत्व गरे संगै हाल संघको अध्यक्षमा गायक तथा संगीतकार विश्व दोङ तामाङ रहेका छन् । कार्यकालको हिसाबले १ कार्यकाल उत्साहजनक रुपमा संघको नेतृत्व गरे संगै यो बर्ष फेरी नयाँ नेतृत्व नेपाल तामाङ कलाकार संघले पाउने भएको छ । संघमा हाल चारसयको हारहरीमा तामाङ कलाकारहरु आबद्ध रहेका छन् ।

 

SHARE