जापान,अमेरिका लगाएतका विभिन्न देशमा रहेका नेपालीहरुको समन्वयमा कलाकार पूर्णिमा थोकरलाई आर्थिक सहयोग

काठमाडौं। जापान,अमेरिका लगाएतका विभिन्न देशमा बसोबास गदै आई रहेका नेपालीहरुको समन्वयमा तामाङ चलचित्र संघको नेतृत्वद्धारा कलाकार पूर्णिमा थोकरलाई आर्थिक सहयोग गरेको छ ।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा ३,चिमचोकमा  जन्मिएकी कलाकार पुर्णिमा थोकर करिब नाै महिना अगाडि मस्तिष्कघात भएर ढलेकी थिइन् ।

थोकरलाई विभिन्न देशहरूबाट प्राप्त आर्थिक सहयोग अमेरिकाबाट दोस्रो नेपाल तारा सन्तोष लामाद्वारा संकलित रकम रु १,७०,८२४ रुपैयाँ ,जापानबाट समाजसेवी एल वी तामाङ जापान तामाङ समाजको पुर्व अध्यक्ष रुपिना दोङ र सुस्मा वाइबाबाट संकलन रकम रु. १,२१,५९२ कोरियाबाट छेटुप मोक्तान ५००० रुपैयाँ साथै नाम नखुलाउने सर्तमा रु ७,००० गरि रु,३,०४,४१६ रुपैयाँ कलाकार पुर्णिामा थोकरकी आमा धनमाया तामाङलाई संघका अध्यक्ष कुमार मोक्तानले सहयोग हस्तान्तरण गरेका छन् ।

यसैगरी विरामी पुर्णिमा थोकरलाई तामाङ चलचित्र संघ र मम्स नेपालका अध्यक्ष रञ्जिता ब्लोनको समन्वयबाट संघका सदस्यहरु र दुबईबाट समाजसेवी पासाङ शेर्पाद्वारा रु २५,००० हजार, नर्वेबाट समाजसेवी अजय लामाबाट २०,००० हजार गरी एक मुष्ठमा जम्मा रु,१ लाख ७१,००० हजार  हस्पिटल सम्म पुगेर हस्तान्तरण गरिसकेको तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले जानकारी दिएका छन।

थोकरको उपचार गदैजाँदा आर्थिक अवस्था कम्जोर हुदै गएकाले विरामीलाई थप राहातको लागी उपचार बापत आर्थीक सहयोग गरेको  तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले बताए ।

 मोक्तानले पुर्णिमा थोकरकी यथाशीघ्र स्वास्थ्य लाभको कामना सहित विभिन्न देशहरुबाट आर्थिक सहयोग गर्नुहुने समाजसेवी व्यत्तित्व, संघसंस्थाहरुलाई विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

https://www.facebook.com/100069787143715/videos/256886167327164

SHARE