जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनद्वारा गर्भवती महिला अणु माया जिरेललाई आर्थिक सहयोग

काठमान्डौं ।  जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले गर्भवती महिला अणु माया जिरेललाई आर्थिक सहयोग गरेको छ ।

गर्भवती महिलाको आमा र बच्चा दुबै जनाको स्वस्थ्य अबस्था गम्भीर भएको र स्थानीय जिरी अस्पतालमा उपचार सम्भावना नभएपछि थापथली प्रसुती गृह अस्पतालमा रिफर गर्नु परेपछि उपचारको लागि दोलखा जिरी – ७ निबासी अणु माया जिरेललाई जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले उपचार गर्न नगद रु १० हजार आर्थिक सहयोग गरेको छ ।

जिरेललाई हाल थापथली प्रसुती गृह अस्पतालमा रिफर गर्नु परेपछि उपचारको लागि आर्थिक अवस्था कम्जोर भएकाले विरामीलाई थप राहातको लागी उपचार बापत आर्थीक सहयोग गरेको  नेकपा माओबादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्मा शेर्पाले  बताए ।

जिरीबाट काठमान्डौं आएर समस्यामा परेका बिरामीहरुलाई आर्थिक सहयोग गदै आईरहेको जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले जनाएको छ ।

SHARE