मन्त्री मोक्तानद्वारा ‘जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता’ को उद्घाटन

काठमान्डौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानले जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता २०८० उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री मोक्तानले असोज १९ गते शुक्रवारबाट कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि आवश्यक छलफल गरी सहयोग र साथ रहने वचन दिएको थियो ।

शंखरापुर नगरपालिकाको वडा नं ३ जहरसिंपौवामा अवस्थित जहरसिंपौवा युवा क्लबले स्थापनाकालको छोटो समयमा दसैँको अवसर पारेर अहिलेसम्मकै सर्वाधिक नगद राशि २ लाख पुरस्कारको फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

उद्घाटन समारोहमा विशेष अतिथिको रूपमा शंखरापुर नगरपालिकाका नगर उपप्रमुख समिता श्रेष्ठ, अतिथिहरूमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्धय कृष्ण अधिकारी, चन्द्रबहादुर थापा, नेकपा (एमाले) का बागमती प्रदेश सदस्य सुवर्ण श्रेष्ठ, जिल्ला इन्चार्ज कृष्ण बजगाईँ, माओवादी केन्द्रका बागमती प्रदेश सदस्यद्धय रामप्रसाद खनाल (वसन्त), राजु दंगाल, जिल्ला संयोजक सञ्जय लामा, सचिव महेश्वर फुयाँल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि ओम कार्की, क्षेत्रीय सभापति कविर शर्मा, २०७४ का मेयरका प्रत्याशी शङ्कर तिवारी, सत्यमान लामा, सानु घ्लान, शंखरापुर नगरपालिकाको निर्वाचित वडा अध्यक्षहरूमा वडा नं। १ का वडा अध्यक्ष वेदनारायण दंगाल (बाबुराम), वडा नं। २ का वडा अध्यक्ष रनबहादुर थिङ, वडा नं। ४ का वडा अध्यक्ष सुनाबहादुर तामाङ (सोनाम) लगायतका अन्य सहयोगी महानुभाव थिए ।

खेलको उद्घघाटन सत्रमा जहरसिंहपौवादेखि खेल मैदानसम्म झाँकीहरुसहित र्‍याली गरिएको थियो । र्‍यालीमा मन्त्री मोक्तानसहित सहभागीता भएका थिए ।

आयोजक क्लबका अध्यक्ष एवं उद्घाटन समारोहका सभापति बासु वाइबा तामाङका अनुसार खुल्ला नकआउट प्रतियोगितामा शंखरापुर नगरभित्र र बाहिरका गरी २४ टिमको सहभागिता रहेको जानकारी दिए ।

उद्घाटनका दिन धारापानी युवा क्लब र माउण्ट एभ्रेष्ट क्लब नगरकोट बिच भएको पहिलो खेलमा २–१ अन्तरले माउण्ट एभ्रेष्ट क्लब नगरकोटले जित हात पारेको छ ।

त्यस्तै आज भएको पहिलो खेलमा पिजा हाउस जोरपार्टी र नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन साँखु बिच सम्पन्न खेलमा पिजा हाउस जोरपाटी, दोस्रो खेलमा बोजेनी युवा क्लब र लामा गाईज क्लब बिच सम्पन्न खेलमा बोजेनी युवा क्लबले जित हात पार्न सफल भएको छ ।

प्रतियोगिताको तालिका अनुसार भोली पहिलो खेल PHQ नक्साल र भुल्बु युवा क्लब बिच हुने जानकारी क्लबका सल्लाहकार किशोर घ्लान बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । दोस्रो हुने टिमले १ लाख नगद प्राप्त गर्नेछन् र तेस्रो हुने टिमले ५० हजार नगद एवं मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी अनुशासित खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई १० हजारका दरले नगद तथा प्रमाणपत्रका साथमा मेडल प्रदान गरिनेछ।

प्रतियोगितामा करिब २५ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको आयोजक क्लबले जनाएको छ ।

SHARE