दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं । दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

 

SHARE