दोलखाको सदरमुकाम चरिकोटमा तीन दिने विकासमा मिडियाको दायित्व विषयक कार्यशाला सुरू

दोलखा । चरिकोट मिडिया फाउन्डेशन दोलखाको आयोजना तथा भीमेश्वर नगरपालिका दोलखाको आर्थिक सहयोगमा दोलखा  सदरमुकाम चरिकोटमा तीन दिने विकासमा मिडियाको दायित्व विषयक कार्यशाला आजबाट सुरू भएको छ ।

कार्यक्रममा दोलखाका मिडियामा आवद्ध रहेका पत्रकार, पत्रकारिता पढ्दै गरेका विद्यार्थी र मिडियामा चासो राख्ने व्यक्तिहरूको सहभागीता रहेको छ । उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका इञ्जिनियर सुरेश राउत, नेपाल वार एशोसिएशन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र पत्रकार केदार शिवाकोटीले प्रशिक्षण दिएका थिए ।

भीमेश्वर नगरपालिकाको योजना र गतिविधि, पत्रकारिताको आधारभूत सिद्धान्त र युवा सहभागीता, सामाजिक गतिविधि र कानुनको पालना, भीमेश्वरको सभ्यता र सांस्कृतिक सम्पदा, विकास पत्रकारिता, भीमेश्वर नगरपालिका भित्रका पर्यटकीय गन्तव्य, सामाजिक विकासमा भीमेश्वर नगरपालिका लगायतका विषयमा कार्यशाला आयोजना गरिएको छ ।

SHARE