महानगर भित्रका तीन वटा सडकलाई एकतर्फी (वान वे) मात्र बनाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका बुधबारदेखि महानगर भित्रका तीन वटा सडकलाई एकतर्फी (वान वे) बनाइएको छ ।

महानगरले काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर पुग्ने सडकमा आजदेखि त्रिपुरेश्वरबाट त्यो खण्डमा प्रवेश गर्न नपाइने जनाएका छन् ।

यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान हुँदै प्रज्ञाभवनतर्फ जान नपाइने बनाइएको छ । उक्त सडकमा कमलादी मोडबाट त्रिचन्द्र क्याम्पस आउन मिल्नेछ ।

पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा पनि आजदेखि प्लाजाबाट बायाँ मोडिन पाइनेछैन । यहाँदेखि महेन्द्र सालिकसम्मको सडक एकतर्फी भएको छ । प्रवेश निषेध गरिएको ठाउँमा महानगरले ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक चिन्हहरु राखेको छ ।

SHARE