जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनद्वारा हेम थापालाई आर्थिक सहयोग

काठमान्डौं ।  जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।

दुई वटा खुट्टा भाचिएर समस्या भए पछि अपरेसन गरी स्टिल राखीएका दोलखा जिरी-३ घुन्सा निबासी हेम थापालाई जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले १० हजार आर्थिक सहयोग गरेको छ ।

हेम थापा हाल काठमान्डौं हेल्पिङ हेण्ड अस्पतालमा उपचार गराई रहेको  बताएका छन् ।

थापाको उपचार गदैजाँदा आर्थिक अवस्था कम्जोर हुदै गएकाले विरामीलाई थप राहातको लागी उपचार बापत आर्थीक सहयोग गरेको  नेकपा माओबादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्मा शेर्पाले  बताए ।

जिरीबाट काठमान्डौं आएर समस्यामा परेका बिरामीहरुलाई आर्थिक सहयोग गदै आईरहेको जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले जनाएको छ ।

SHARE