स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले सस्तो

स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले सस्तो भएको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावालको सुनको मूल्य प्रतितोला  एक लाख १७ हजार थियो।

त्यस्तै, सोमबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार नौं सय ५० तोकिएको छ।

आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रूपैयाँ तोकिएको थियो।

SHARE