आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा

आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाईदै छ ।
कार्तिक शुक्ल प्रतिपदाको दिन  गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँएको छ । यस दिनमा लिपेर सफा गरिएको घर आँगनमा गाईको गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन छ ।

धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलका बासिन्दालाई अतिवृष्टिबाट जोगाएकाले त्यसको स्मरण गर्दै गोवर्द्धन पर्वतको पूजा गर्ने परम्परा चलेको हो ।

आज मानिसले खाने प्रमुख आहारा अन्नबाली उब्जाउँदा खेतमा जोतिने गोरुको पनि पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।

भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा÷म्ह पूजा गरी मनाइँएको छ ।

SHARE