मन्त्रिपरिषद्को बैठक बस्दै आज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आजविहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीकाक प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै हुनुन्छ । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई प्रस्थान गर्ने अचार्यको भनाइ छ ।

SHARE