बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
चार जना सवार रा १ ख २४०४ नम्बरको टिपर रिब्दीकोट गाउँपालिका–२ लघुवाको सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सकुशल रहेका टिपरका चालकलाई भन प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।