गायक प्रकाश सपूतले ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमबार प्रकाश सपूत युट्युब च्यानलमार्फत ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्।
उक्त गीतको भिडियोमा प्रकाश सपूत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल वि क, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्माले अभिनय गरेका छन्।
गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति नहुने भाव व्यक्त गरिएको छ।
नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडियोलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन्।