काठमाडौंको शंखरापुर नगरपालिका, साँखुस्थित शालीनदीमा एक महिने माघ मेला सुरु भएको छ। पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने यस मेलामा भक्तजनहरू श्रीस्वस्थानी व्रतकथा वाचन गर्दै कठोर व्रत बस्ने गर्छन्।
नेपाली समाजमा शालीनदी स्वस्थानी व्रतकथाले विशेष स्थान ओगटेको छ। हिन्दू धर्मअनुसार, श्रीस्वस्थानी माताको व्रत बस्दा मनोकामना पूरा हुने र पापबाट मुक्ति पाइने विश्वास गरिन्छ। आजबाट एक महिना अवधिसम्म महिला र पुरुष शालीनदीमा कठोर व्रत बस्छन् ।
माघ महिनाभर सालीनदीको किनारमा भक्तजनहरूको ठूलो जमघट हुने गर्दछ। यहाँको प्राचीन मन्दिर र शालीनदीले पौराणिक कथालाई जीवित राखेको छ।
शालीनदी स्वस्थानी व्रतकथामा चन्द्रावतीको कथा विशेष रूपमा उल्लेख गरिएको छ। पौराणिक कथनअनुसार, लावण्य देशकी रानी चन्द्रावतीले आफ्नो कर्मका कारण कुष्ठरोग भोग्नुपरेको थियो। उनले ऋषिहरूको सल्लाहमा शालीनदी किनारमा स्वस्थानी माताको व्रत बसेपछि मात्र मुक्ति पाएकी थिइन्। यस कथाले भक्तजनहरूलाई धर्मप्रतिको आस्था र कर्मको प्रभावका विषयमा प्रेरित गर्छ।
मेलामा सहभागी हुन देशका विभिन्न भाग तथा भारतलगायत अन्य देशबाट समेत गरी लाखौं भक्तजनहरूले दर्शन गर्ने मेला व्यवस्थापन मूल समारोह समितिले जनाएको छ ।
मेलामा स्थानीय परिकार र हस्तकलाका सामग्रीहरूको व्यापारले साँखुको आर्थिक गतिविधिलाई पनि टेवा पु¥याएको छ।
शंखरापुर नगरपालिकाले मेलालाई सम्य र भव्य बनाउन मेला व्यवस्थापन तथा अनुगमन गरी सुरक्षा व्यवस्था, यातायत सवारीको चाप व्यवस्था मिलाउन ट्राफिक व्यवस्थापनदेखि सरसफाइसम्मका व्यवस्था गरेको छ।









