प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

१७ माघ,  प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेकी छिन् ।

होटेल आयुष्मा नजिकै जस्ता(टिन)को छाप्रोमा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।बुधबार बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयबासिन्दाले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।बच्चा कसको हो र किन यसरी बेवारिसे छाडे भन्ने बारेमा केही खुलेको छैन ।

SHARE