गायक विशाल काल्तानको स्वरमा “डम्फूला चरी”  सार्वजनिक (भिडियो)

“डम्फूला चरी”  बोलको तामाङ सेलो गीत सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गीतमा गायक विशाल काल्तानको स्वर रहेको छ ।

एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका गायक विशाल काल्तानले यो गीतमा स्टुडियो लिप्सीङ भिडियो स्यम गायकले अभिनय गरेका हुन्। उक्त भिडियोमा निशा घिसिङको अभिनय देख्न सकिन्छ।

पेमा ङिमाको शब्द रहेको गीतलाई  विशाल काल्तानले संगीत गरेका हुन्।भने एरेन्ज तथा मिक्सिङ दिपेश प्रधानले गरेका छन्।

सूर्य लामाको छायांकन रहेको भिडियोमा सूर्य लामाको सम्पादन छ। गीतलाई Bishal kaltan युट्युब च्यानलबाट  बजारमा प्रस्तुत गरेको हो।
https://youtu.be/AGbtto7Gk5s?si=5CHp-Vj_Zp9k7SvI