निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान दिए ३ रोपनी जग्गा

फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले आधारभूत स्वास्थ्य उपकेन्द्रलाई दिएका हुन् ।

वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको उक्त जग्गा निकै उपयोगी हुने बताए । बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने अध्यक्ष बस्नेतले बताए ।

कामको कुरा गर्दा निश्चलको आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’ फागुनदेखि छायांकनमा जाने तयारीमा छ । सन् २०८१ सालमा दुई फिल्म निर्देशन गर्ने उनको तयारी छ । निश्चलको पछिल्लो निर्देशकीय फिल्म ‘दिमाग खराब’ थियो ।

SHARE