बुद्धि तामाङ र सोनाम लामा निर्देशित नाटक ‘मासिन्या’ फागुन १२ सम्म मञ्चन हुने

बुद्धि तामाङ र सोनाम लामा निर्देशित नाटक ‘मासिन्या’को मञ्चन अवधि लम्बाइएको छ । दर्शकको बढ्दो चापलाई फागुन १२ गतेसम्म नाटकको मञ्चन अवधि थप गरिएको ताम्सालिङ संघर्ष समिति सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए ।माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमबारबाहेक मञ्चन हुनेछ । माघ ११ गतेदेखि मञ्चन सुरु गरिएको नाटकलाई चार हजार भन्दा बढी दर्शकले हेरिसकेको मण्डला थिएटरले जनाएको छ ।

नाटक हेर्न राजनीतिकर्मीदेखि सुकुम्बासी बस्तीसम्मका दर्शकहरु आएकाले समुदाय विशेष सिर्जनामा थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताए ।‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैरतामाङ समुदायको पनि उल्लेख्य उपस्थिति रहेको छ,’ उनले भने, ‘यसले तामाङ सुमदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ । यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो ।’

नाटकलाई स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबत (रामबहादुर तामाङ) लेखेका हुन् ।नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

SHARE