नासिर र गौरिकाले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

नासिर याहा हुसेन र गौरिका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भंग गरेका छन्।

नासिरले २०० मिटर फ्रिस्टायलमा कीर्तिमान बनाएका हुन्। नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनेट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनेट ५६.३९ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन्।

नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ५.६५ सेकेन्डको नयाँ किर्तिमान कायम गरेका थिए।यस्तै १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भंग गर्दै नयाँ १ मिनेट ५.४७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन्।गौरिकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा राखेको १ मिनेट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

SHARE