गाई गोठमा आगलागी गाई र बाख्रा जल्यो

 काभ्रेपलान्चोक जिल्लाको धुलिखेल र बनेपामा शुक्रवार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार जिल्लाको धुलिखेल नगरपालिका( १२ शंखु अधेरीका  सुमन जङ्ग थापाको दुई तले कच्ची गोठमा शुक्रवार बिहान विद्युत्को करेन्ट सर्ट भई आगलागी भएको हो।आगलागीबाट मानवीय क्षति नभए पनि चौपायातर्फ एउटा गाई र छ वटा बाख्रा जली क्षति भएको प्रहरीले जनाएको छ ।

थापाको गोठमा लागेको आगलागी बिहान करिब ५:४० बजे नियन्त्रणमा आएको र आगलागीबाट करिब चार लाख नब्बे हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसै गरी शुक्रवार बिहान नै जिल्लाको बनेपा नगरपालिका – ३  राईमाले बस्ने  पुरुषोत्तम दंगालको दुई तले कच्ची गाई गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको, चौपाया क्षति भएपनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  आगलागीको कारण  खुल्न नसकेको र  प्रहरी, स्थानीय र  दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।

SHARE