राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।बुधबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे ज्ञापन पत्र बुझाउनुअघि राप्रपाले भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेको हो।

राजसंस्था, हिन्दुराज्य,  प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तहको माग गर्दै भृकुटीमण्डपबाट सुरू भएको र्‍याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुन भृकुटीमण्डप आएर सभा गरिएको थियो।

र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपतिशमशेर जबरालगायतका नेताहरू पनि सहभागी थिए।आज केन्द्रमा प्रधानमन्त्री र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीलाई राप्रपाले ४० बुँदे माग बुझाउन लागेको छ।

SHARE