चितवन पुगेर देउवाले भने– गठबन्धन दायाँबायाँ हुँदैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् ।

भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका हुन् । फागुन २९ गते हुनेराष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका छन् ।

सोही विषयलाई लिएर सत्ता गठबन्धन फेरबदल हुने आशङ्का भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने प्रस्टीकरण दिएका हुन् ।भरतपुर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीले गठबन्धनबारे गरेको प्रश्नमा देउवाले भने, ‘गठबन्धन केही पनि हुँदैन ।

कति भन्नु भनिसकेँ त मैले ?’ सभापति देउवाले गठबन्धन निरन्तर जाने र त्यसमा ढुक्क हुन आग्रह समेत गरे । ‘गठबन्धन निरन्तर जान्छ । ढुक्क भए हुन्छ’, देउवाको जवाफ छ । देउवाले राष्ट्रियसभा अध्यक्षबारे सरसल्लाह भैनसकेको भन्दै छलफल गरेर टुङ्गोमा पुग्ने बताए ।

SHARE