‘बसाइँ’ उपन्यासका सर्जक लीलबहादुर क्षेत्रीको निधन

चर्चित उपन्यास ‘बसाइँ’ का सर्जक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएका छ । गएराति भारतको गुहावटीमो उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनी आसामका स्थायी निवासी थिए ।

क्षेत्रीको ‘बसाइँ’ उपन्यास नेपाली साहित्यमा निकै चर्चामा रहेको छ । त्यस्तै उनका ‘अतृप्त’ र ‘ब्रह्मपुत्रको छेउछोउ’ उपन्यास रहेका छन् । उनले निबन्ध, नाटक जस्ता विधामा पनि कलम चलाएका थिए ।

नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याए बापत् उनलाई जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको थियो ।

उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो।

SHARE