‘पाकेको पिलो’ र ‘विवेकहीन’ भन्दै सेन्सर बोर्डमाथि खनिए फिल्मकर्मी

नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले दयाहाङ राई स्टारर ग्याङस्टर फिल्म ‘रंगेली’लाई रोकेपछि फिल्मवृत्तबाट क्रुद्ध प्रतिक्रिया आएको छ ।

गत महिना सेन्सर कार्यविधिलाई लिएर विरोधमा उत्रिएका फिल्मकर्मीले यसपटक भने फिल्म रोक्ने बोर्डको कदमलाई लिएर आक्रोशित छन् ।फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘विवेकहीन’को संज्ञा दिएका छन् ।

कुनै ठाउँको आधारमा बनेका भारतीय फिल्मले प्रदर्शनको अनुमति पाएको उदाहरण दिंदै उनी लेख्छन्, ‘कश्मीर फाइल्स ! उडता पञ्जाब !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त यो ‘रंगेली’ चाहिं किन सेन्सरमा परेछ ? सेन्सलेस सेन्सर बोर्ड !!’

उनी लेख्छन्, ‘सिनेकर्मी साथीहरु हो, छिमेकीको घरमा पसेर मान्छे खाने बाघ कुनै दिन मेरो पनि घर पसेर मेरो परिवार पनि तहसनहस गर्न सक्छ भन्ने सोचौं र छिमेकीकोमा पस्दा मेरोमा पसेको होइन भनेर सिरक ओडेर नबसौं ।

SHARE