गण्डकीमा कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक

नयाँ राजनीतिक समीकरणसँगै माओवादीका दुई मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दलको आकस्मिक बैठक बोलाएका छन् ।

नदीपुरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गर्नेछन् । सांसदहरूको राय लिन र आगामी यात्राको तयारी गर्न बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

पाण्डे गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ७ सदस्यीय मन्त्रीमण्डल रहेको यहाँ ५ जना कांग्रेस र २ जना माओवादीका थिए । अहिले माओवादीका दुवै मन्त्रीहरू बर्खास्तमा परेका छन् । तीन मन्त्रालयको जिम्मेवारी पाण्डेले नै राखेका छन् भने बाँकी मन्त्रीहरू पुरानै जिम्मेवारीमा छन् ।

SHARE