नेपाली कांग्रेसका ४० वर्ष मुनिका ४० युवाहरूले पार्टीमा ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्न अभियान थालेका छन्। उनीहरूले पार्टीका सबै तहमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता र संघ, प्रदेश तथा स्थानीय तहका निर्वाचनमा ४० प्रतिशत टिकट अनिवार्य गर्न विधानमै व्यवस्था गराउन माग गरेका छन्।
नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार युवाहरूले कांग्रेस केन्द्रीय समितिलाई आमूल सुधार र रूपान्तरणका निर्णय गर्न दबाब दिने तयारी गरेका छन्। उनीहरूले तीन पटकभन्दा बढी सांसद, दुई पटक मन्त्री र एक पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था गर्न पनि माग गरेका छन्।

त्यसैगरी, पार्टी र सरकार फरक व्यक्तिले चलाउने, जेनजी र नवयुवालाई प्राथमिकता दिने, र पार्टीभित्र भ्रष्टाचारविरुद्ध आन्तरिक छानबिन आयोग गठन गर्ने मागसहित नेविसंघ, तरुण दल, महिला संघ र प्रेस युनियनका युवाहरूले संयुक्त छलफल सुरु गरेका छन्।










