४० वटा कानून तत्काल निर्माण गर्नुपर्ने : कमला पन्त

राष्ट्रियसभा सदस्य कमला पन्तले ४० वटा कानून तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छन् । बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले विगतका सकारात्मक अनुभवहरुबाट अघिल्ला पाइलाहरुलाई देश र जनताको पक्षमा परिणामदायी बनाउन संकल्प गर्नु अहिलेको आवश्यकता भएको बताइन् ।

उनले समुन्नत नेपाल निर्माणको आधार खडा गर्न युद्धस्तरमा काम गर्नुपर्ने भएकाले विश्राम गर्ने छुट नरहेको जिकिर गरिन् ।उनले भनिन्– ‘संविधान निर्माण भइसकेपछि कानून कति निर्माण गर्न बाँकी छ, भन्नेकुरा पनि विधायन समितिले अध्ययन गरिसकेको छ । ४० वटा कानुन तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता छ ।

शान्ति प्रक्रियाको लजिकल इन तथा समुन्नत नेपाल निर्माणको आधार खडा गर्न युद्धस्तरमा काम गर्नुपर्नेछ । हामीलाई विश्राम गर्ने छुट छैन ।’उनले शक्ति निक्षेपणको सिद्धान्तका आधारमा स्थानीय तह र प्रदेश तहलाई थप शक्तिशाली साधन श्रोत सम्पन्न र दक्ष तुल्याइ संघीयताको अर्थपूर्ण अभ्यासलाई बिस्तार गर्न ढिला गर्नु नहुने बताइन् ।

SHARE