अखिल नेपाल महिला संघ (अनेमसंघ) दोलखाको जिरी नगर कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अनेमसंघ जिरी नगर कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
‘समान सहभागिता र सशक्तीकरणका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागिए छ ।
कार्यक्रम आफूहरुले सोचेभन्दा धेरै प्रभावकारी भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित ढंगले अघि बढाइने अनेमसंघका अध्यक्ष सुन्तली सुनुवारले बताइन् ।










