शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा साझा प्रतिबद्धताका लागि बिमस्टेकको आवश्यक : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा साझा प्रतिबद्धताका लागि बिमस्टेक लगायतका साझा संरचनाको आवश्यकता रहेको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पारस्परिक सहयोग, सद्भाव र आपसी समझदारी मानव जातिका निम्ति आवश्यक रहेको बताउनु भयो । उहाँले आपसी सहयोग, पर्यावरणीय सन्तुलन, पारस्परिक एक आपसमा जोडिएका विषयहरूको साझा प्रतिबद्धता, रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय आतङ्कवादका विरुद्धमा मिलेर अघि बढ्ने कुरा, गरिबीसित उन्मुलन सम्बन्धको विषय, जो २०३० सम्ममा दिगो विकास लक्ष्यमा हामी पनि सहभागी हुँदै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा  साझा प्रतिबद्धता र मानवीय सामाजिक जीवनको खोजी र विभिन्न प्रकारका प्राकृतिक र अन्य रूपमा आइपर्ने विपद्हरूको साझा व्यवस्थाको निम्ति बिमस्टेक जस्ता कतिपय साझा संरचनाको आवश्यकता छ ।’’उहाँले विभिन्न प्रकारका प्राकृतिक र अन्य रूपमा आइपर्ने विपद्हरूको साझा व्यवस्थाको निम्ति बिमस्टेक जस्ता संरचनाको आवश्यक रहने बताउनुभयो ।

SHARE