आज तराईमा होली मनाइँदै

आज तराईमा होली मनाइँदै छ।पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।काठमाडौं लगायत पहाडी क्षेत्रमा आइतबार नै होली मनाइएको छ।

तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाइन्छ।होलीलाई असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा हार्षोल्लासका रूपमा मनाइन्छ।होलीले एक अर्कामा सौहार्द र आत्मियता बढाउने भएकाले यसले मानिसहरूबीच एकतालाई अझै प्रगाढ तुल्याउने विश्वास गरिन्छ।

केही वर्षयता होली मनाउने शैली सभ्य बन्दै पनि गएको छ। मानिसहरूको इच्छाविपरीत रङ दल्ने र लोला हान्ने प्रवृत्ति निस्तेज हुँदै गएको छ।होलीलाई सभ्य तरिकाले मनाउन र उच्छृंखल गतिविधि हुन नदिन स्थानीय प्रशासनहरूले उल्लेख्य संख्यामा प्रहरी परिचालन गर्छन्।

SHARE