काठमाडौ | काठमाडौ आएर विभिन्न पेशा व्यवसायमा संलग्न कुरुलेतेनुपाबासीले धनकुटा जिल्ला चौबिसे गाउँपालिकास्थित आफ्नो गाउँ कुरुलेतेनुपा फर्कन इच्छुक रहेको बताएका छन् ।
सोमवार काठमाडौमा आयोजित एक कार्यक्रममा सहभागी गाउँबासीहरुले उक्त इच्छा व्यक्त गरेका हुन् । जनहित असल शासन क्लब, कुरुले तेनुपाका अध्यक्ष भोजकुमार काफ्लेले कुरुले तेनुपामा बिगत दश वर्षदेखि तमोर पर्माकल्चर कम्पनी स्थापना गरी जैविक विविधता संरक्षणको लागि विभिन्न जातका फलफुलहरु उत्पादन शुरु गरेको जानकारी दिएका छन ।
कार्यक्रमका विशिष्ट अतिथि शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालले शिष्ट समाज निर्माण अभियानमा असल शासन संस्थाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै कुरुले तेनुपाबासीहरुमाझ शिष्टाचार अभियानका नौ शुत्र लिएर जोडिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने असल शासन क्लब जिल्ला समन्वय समिति, धनकुटाका पूर्व अध्यक्ष अच्युत घिमिरेले असल शासन अभियानले समाज परिवर्तनमा विगतमा महत्वपूर्ण भुमिका खेलेको र अहिले पनि भ्रष्टाचार विरुद्धको अभियान र सुशासन स्थापनाको वकालत उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । कार्यक्रममा उपस्थित महिला सहभागीहरुको तर्फबाट गाउँको विशिष्ट संगिनी गाएर नाँचगान गरेका थिए ,भने सम्पूर्ण सहभागीहरुमाझ नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान गरिएको थियो ।
जनहित असलशासन क्लब, काठमाडौ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालनार्थ यस अघि नै विभिन्न महानुभावहरुको सहयोगमा ५५ हजार ५ सय ५५ रुपैयाको सामुहिक अक्षय कोष निर्माण गरेकोमा कोष अभिवृद्धिको लागि शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहाल र जनहित असल शासन क्लब, केन्द्रीय कार्यालयको तर्फबाट क्लबका केन्द्रीय अध्यक्ष भोजकुमार काफ्लेले दश÷दश हजार कोषमा सहयोग गर्ने घोषणा गरेका थिए भने गंगालक्ष्मी भण्डारी, राजन बराल र गणेश दाहालले पाँच÷पाँच हजार सहयोग गर्ने बताएका छन्।
त्यसैगरी विमला निरौलाबाट तीन हजार, सपना अधिकारी र जनार्दन घिमिरेले दुई÷दुई हजार, सुरेश घिमिरेले एक हजार पाँच सय, कल्पना दुलाल, दुर्गा सुवेदी, गजेन्द्र भण्डारी र लिलानाथ बरालले एक÷एक हजार तथा रेखा दाहालले पाँच सय नगद सहयोग गरेका छन् ।
अक्षय कोषबाट प्राप्त व्याज रकमले आगामी दिनमा गाउँबासीहरुको भेटघाट कार्यक्रमलाई निरन्तरता दिने काठमाडौ शाखा अध्यक्ष भानुभक्त दाहालले बताए । यस शुभकामना आदानप्रदान कार्यक्रमको लागि चौबिसेस्थित कुरुले तेनुपा स्थायी घर भई हाल सूर्यविनायक निवासी व्यवसायी पूर्णबहादुुर लिम्बुले सौजन्य गरेका थिए ।