शिक्षण सिकाइ र शैक्षिक सुधारका उपाय

– कुमार जिरेल

शिक्षामा सिकाइ उपलब्धी वृद्धि गर्नका लागि एउटा शिक्षक एउटा विद्यालययका प्रशासनमा त्यो जिम्मेवारी हुँदैन । उसको लागि चाहिँ सरकारको नीति, नियम, अभिभावक, विद्यार्थी र सँगसँगै शिक्षकहरू पनि रहन्छन् । सरकारले कति पढाउने कति ‘क्रेडिट आवर’ विद्यालययमा अध्यापन गर्ने त्यो अनुसारको पढाउने भन्ने कुरा एकातिर छँदैछ, साथसाथै त्यसलाई अलिकति शिक्षकहरूको सेवा सुविधा विद्यार्थीहरूलाई कसरी सिर्जनशील बनाउने भन्ने कुरा चाहिँ सरकारले व्यवस्थापन गर्न जरुरी छ । अभिभावक पनि त्यतिकै सक्रिय हुन जरुरी छ ।

अभिभावक सक्रिय हुनुभएन, अभिभावकहरूले नानीबाबुहरूलार्ई विद्यालयय पठाउनुभएन, विद्यालय पठाइसकेपछि चाहिँ उहाँहरूको जिम्मेवारी सकियो भनेर विद्यालयको मात्र भरमा छाडिदिनुभयो भने शिक्षा सुधार हुँदैन । शिक्षण अपुरो हुन जान्छ । सामुदायिक विद्यालययहरूको जुन मानसिकता छ यसलाई परिवर्तन गर्नुपर्छ । ती नानीबाबुहरूप्रति हाम्रो पनि जिम्मेवारी छ । विद्यालयय मात्र पठाएर हुँदैन भन्ने किसिमको सोचको विकास अभिभावकमा हुन जरुरी छ । त्यसका साथसाथै शिक्षकहरूले पनि अलि लगनशील र मिहिनेत गरेर अध्यापन गर्नुपर्छ । विद्यार्थीको रुचि अभिवृद्धि शिक्षकले गराइदिनुपर्छ ।

शिक्षकहरूको दायित्व भनेको कक्षाकोठामा उपस्थित भएका विद्यार्थीहरूलाई कसरी राम्रो बनाउने, सिकाइ उपलब्धीलाई कसरी राम्रो बनाउने भन्ने कुरामा चासो हुनुपर्छ । त्यस अलवा जब शिक्षकहरू विद्यालयभन्दा बाहिर हुन्छन् आस्थाका आधारमा राजनीतिक कुरा गर्न त्यसलाई नराम्रो मानिदैन किनभने कक्षाकोठामा पनि शिक्षकहरूले विद्यार्थीहरूलाई त्यो किसिमको ज्ञान वातावरण सिर्जना गरेर त्यसप्रति अभिरुचि जागृत गराउनुपर्ने आवश्यकता छ र शिक्षकहरूले मात्र आफ्नो पाठ्यक्रम पाठ्यपुस्तक र विद्यार्थी केन्द्रित रहेर शिक्षण सिकाइ गर्दा सिकाइ उपलब्धी चाहिँ हुन्छ र शिक्षकहरूमाथि आस्थाका आधारमा राजनीति गर्ने र सामुदायिक विद्यालयको शिक्षण सिकाइ खस्किएको भन्ने आरोप स्वीकार्य छैन ।

विद्यार्थीहरूको सिकाइ सक्षमता कसरी, कति वटा सिकाइ सक्षमता पूरा गर्नुपर्छ पाठ्यक्रमले निर्धारण गरेको छ । उत्तीर्ण हुनु नहुनु भन्ने कुरा चाहिँ ठुलो कुरा होइन पाठ्यक्रमले निर्धारण गरेको सक्षमता चाहिँ विद्यार्थीले हासिल गरेको छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो । परीक्षा तीन घण्टाको हुने हो । तीन घण्टाको परीक्षामा विद्यार्थीहरूको विभिन्न कारणले गर्दा विद्यार्थीहरूले अलिकति आफूमा भएको ज्ञान तीन घण्टामा पोख्न पनि सक्छ । कुनै विद्यार्थीले पोख्न नसकिरहेको अवस्था पनि हुन्छ । त्यस्तो अवस्थामा परीक्षामा मात्र चाहिँ आधार बनाएर पास र फेल भन्नु सही होइन । पाठ्यक्रमले निर्धारण गरेको सिकाइ सक्षमतामा चाहिँ पूरा भयो कि भएन भन्ने कुरा महत्वपूर्ण हो । त्यो कार्यमा गणित विषय नेपाली विषय, अङ्ग्रेजी विषय तथा सबै विषयमा शिक्षक साथीहरूले मिहिनेत गर्नुहुन्छ र सक्षमता पूरा गर्नका लागि प्रयत्न गरिराख्नुभएको छ । कहिलेकाहीँ विद्यार्थीहरूको मिहिनेत लगन र अभिव्यक्ति कारणले विद्यार्थी पास फेल हुन स्वाभाविक नै हो तर हामी सबै शिक्षकहरू चाहिँ विद्यार्थीहरूलाई त्यो सक्षमता दिलाएर पाठ्यक्रमले तोकिए अनुसारको मापदण्ड पूरा गरेर उनीहरूलाई उत्तिर्ण गराउने ग्रेड प्राप्त गराउन शिक्षण सिकाइमा पूर्ण रूपमा सक्रिय रहेका छौँ ।

शैक्षिक सुधारमा जिरी नगरपालिकाको प्रयास
जिरी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयय र संस्थागत विद्यालययका शैक्षिक सुधारका लागि नगरपालिकाले योजना निर्माण गरेको थियो । त्यो योजनामा के उल्लेख भएको थियो भने पाँच वर्षभित्रमा सबै विद्यालययको भौतिक संरचना सुधार गर्नुपर्छ । भौतिक संरचना गर्ने कुरामा जिरी नगरपालिका पूर्ण रूपमा सफल भएको छ । सबै विद्यालययहरूका भवन, शौचालयलगायत फर्निचर सबैको व्यवस्थापन भएको छ ।

शैक्षिक सुधारको कुरा गर्दा शैक्षिक सुधारमा पनि जिरी नगरपालिका गत वर्षको एसईई परीक्षामा जिरी नगरपालिका दोलखा जिल्लामा नै माथिल्लो अङ्क ल्याउन सफल भएको थियो । त्यो पनि शैक्षिक सुधारको सूचकाङ्क हो । नगरपालिकाभित्र रहेका सबै बालबालिकाहरूले दिवा खाजा कक्षा १० सम्म अध्यानरत विद्यार्थी भाइबहिनीहरूले खान पाइरहेका छन् । यो उपालब्धी नै हो । शैक्षिक सुधार योजनाभित्र शिक्षकहरूलाई तालिम दिने अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सहभागी गराउने जस्ता कार्यहरू भइरहेका छन् । यस किसिमका कार्यबाट शैक्षिक सुधार उन्मुख रहेको छ । पूर्ण रूपमा उपलब्धी प्राप्त भइसकेको छैन तर शैक्षिक क्षेत्र सुधार उन्मुख हुँदै छ ।

अहिले पनि के आशङ्का उठिरहेको छ भने विद्यालय भवन चाहिँ बन्ने तर शैक्षिक गुणस्तर विकास नहुने, विद्यार्थी हुने कि नहुने भन्ने छ । हाम्रा लागि त्यो चुनौतीको कुरा हो । त्यसले हामीलाई उत्प्रेरणा दिइरहेको छ किनभने त्यो विद्यालय भौतिक रूपमा चाहिँ सम्पन्न भैसकेपछि विद्यार्थीहरूलाई गुणस्तर केन्द्रित र व्यवहारिक शिक्षा दिनका लागि तयारी अवस्थामा रहेका छौँ भन्ने हो ।

अन्त्यमा, २०२८ सालदेखि रहेको शिक्षा ऐन नेपाल सरकारले संशोधन गर्दैछ । नयाँ शिक्षा ऐन जारी गर्दैछ । लोकतान्त्रिक व्यवस्थामा यसरी नयाँ शिक्षा ऐन जारी गर्न लागिरहेको अवस्थामा शिक्षकहरूको माग मुद्दाहरू समेटिएर ऐन शिक्षा जारी गर्नुपर्छ । सरकारले यो शिक्षा ऐन जारी गर्ने सन्र्दभमा शिक्षकहरूका विभिन्न जायज मागहरूसमेत समावेश गरी जारी गर्नुपर्छ । यसतर्फ सरकारको ध्यान जान्छ भन्ने लाग्छ ।

यसपटक राजधानी केन्द्रित आन्दोलन एक दिन त्यो पनि शनिबार रहेको थियो । त्यसैले शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा आएर आइतबार तत्–तत् आ–आफ्नो जिल्लामा फर्किभयो । जसले गर्दा एसईई तयारी गरिरहेका विद्यार्थीहरूलाई कुनै असर परेको छैन । परीक्षा तयारी गरिरहने विद्यार्थीहरूका लागि चाहिँ कुनै हालतमा यो आन्दोलनले असर पुगेको छैन पुग्दैन पनि ।

(जिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार जिरेलसँग गरिएको कुराकानीमा आधारित)

SHARE