नेपाली फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

काठमाडौं– नेपाली फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ ।  निर्माण पक्षले कमलपोखरीमा  एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो ।

नवीन सुब्बाको निर्देशन रहेको फिल्ममा मुख्य भूमिकामा रहेका अभिनेता दयाहाङ राई, अभिनेतृ पशुपति राई र बालकलाकार प्रसन राईलाई विशेष स्थान दिइएको छ । गाउँमा बाटो पुग्नुभन्दा पहिलाको अवस्थालाई टिजरमा देखाइएको छ । 

फिल्म गाउँमा मोटरबाटो पुगेपछि बाउ–छोराबीच उत्पन्न हुने विवादमा आधारित भएको बताइएको छ । यो फिल्म भोजपुरको दुर्गम गाउँमा छायांकन गरिएको हो । 

मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता अमोद राई हुन् । सञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई भने कार्यकारी निर्माताका रुपमा रहेका छन् भने जेठ २५ गते यस फिल्मको प्रदर्शन मिति तोकिएको छ ।

SHARE