तामाङ चलचित्र संघको निर्माणमा लघु चलचित्रमा समाबेश भएको “ब्रेल्साङ” गीत सार्वजनिक

काठमान्डौं । तामाङ चलचित्र संघको निर्माणमा लघु चलचित्रमा समाबेश भएको “ब्रेल्साङ” गीत सार्वजनिक भएको छ ।

गीतकार कुमार स्याङबाको शब्द, जोगलाल लामाको संगीत रहेको गीतमा  गायक तथा संगीतकार चन्द्रकुमार दोङ, गायिका जितु लोप्चनको आवाज रहेका छन् ।

लघु चलचित्रका गीतमा  कुमार मोक्तान, कुइसाङ रुम्बा,प्रवल थिङ,भुइसाल लामा ,सुनिता लुङ्बा,मायादेवी मोक्तान,सञ्जय हुत्त, दिपक तामाङ,शम्भु मोक्तान,सुनिता दोङ,विकास स्याङतन,अमर लामा,रेसम कुमार स्याउली,पुष्प लोप्चन,समीर घिसिङ ,गुकुल तामाङ ,सिरोम तामाङ ,ट्यापे डन हिरा मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त लघु चलचित्रका गीतको निर्देशन सुनिल मोक्तानले गरेका हुन्। भिडियोमा सुमन घिमिरेको छायाँकन र त्रिलोक लामाको सम्पादन  रहेको छ ।

सार्वजनिक भिडियोमा तामाङ समुदायको परम्परागत संस्कार र संस्कृतिसंग जोडिएको गीत  विशेषगरी तामाङहरुको संस्कार भित्र रहेको विवाहलाई यस भिडियोमा दर्साएको छ ।

लघु चलचित्र “ब्रेल्साङ”तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा जेष्ठ २६ गते शनिबार चलचित्र विकास बोर्डको हलमा एक विशेष समारोहबीच प्रदर्शन गर्ने तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले  खुल्लापत्र डट कमलाई बताए ।

SHARE