‘रैथाने खाना’ बोलको गीत सार्वजनिक गरिएको छ।
शुक्रबार सार्वजनिक गीतमा गायक फूलकुमार बोम्जन र गायिका सुमिना लोको स्वरमा सजिएको “रैथाने खाना” गीतको म्युजिक भिडियो स्वायम्भु स्थित तामाङ कुताप धिममा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
भिडिओमा प्रेमलाल घिसिङ, फूलकुमार बोम्जन , सुमिना लो, सेफ मन बहदुर तामाङ, सेफ जित मोक्तानको अभिनय रहेको छ ।
सेफ प्रेमलाल घिसिङको शब्द ,फूलकुमार बोम्जनको संगीत रहेको गीतलाई, एरेन्ज पवन लामाको, मिक्सिङ / मास्टरीङ डिक गुरुङले गरेका हुन्। भने सेफ प्रेमलाल घिसिङको निर्देशनमा भिडिओ तयार भएको हो।
उक्त कार्यक्रममा नेपाल टेलिभिजनको महा प्रबन्धक फूलमान बलको प्रमुख आतिथ्यतमा, विशेष अतिथि रोशी गाँउपालिकाका पुर्व अध्यक्ष डिबि मोक्तान , खेलाडी सुस्मिता तामाङ समाजसेवी ज्ञानेन्द्र घलान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।