प्रधानमन्त्री कार्कीको आह्वान : “विवेकपूर्ण मतका लागि आजै मतदाता परिचयपत्र बनाऔँ”

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम दर्ता गरी आगामी प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्ण मत प्रयोग गर्न आग्रह गरेकी छिन्।

शुक्रबार भिडियो सन्देशमार्फत उनले नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक मतदाता परिचयपत्र आवश्यक रहेको उल्लेख गरिन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभर कात्तिक ३० गतेभित्र मतदाता नामावली सङ्कलन जारी राखेको छ।

प्रधानमन्त्री कार्कीले भनिन्, “सपनाको नेपाल बनाउन सबैले आफ्नो मतदाता परिचयपत्र बनाएर सही प्रतिनिधि छान्नुपर्छ। योग्य नागरिकले मताधिकारको सदुपयोग गर्दै देश विकासमा हातेमालो गर्नुपर्छ।

SHARE