सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्रा डा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।
थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको निमित्त शिक्षाध्यक्ष प्रा भार्गव धितालले बताए । उनको तीन महिने कार्यकाल सकिन एक दिन मात्रै बाँकी थियो ।
सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नयाँ उपकुलपति नियुक्ति हुन समय लाग्ने देखिएको छ । त्यसका लागि ४३ जनाले आवेदन दिएका छन् ।