२९ औं तामाङ चलचित्र प्रदर्शन दिवसको भव्य तयारी

२९ औं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा तेस्रो तामाङ फिल्म एसोसिएशन (TFA) अवार्ड २०२४ भव्य तयारी गरिएको छ । अवार्ड २४ विधामा रहने साथै कार्यक्रम भदौ १५ गते सनिवार चलचित्र विकास बोर्डमा  दिउँसो ठिक १२:१५ बजे बाट  सुरु हुने तामाङ चलचित्र संघले  जानकारी दिएका छन ।

दिवसमा हुने गतिविधिका लागि जानकारी दिन गरिएको पत्रकार भेटघाटमा तामाङ चलचित्र संघका अध्यक्ष दिपक लामाले उक्त कार्यक्रमलाई विशेष स्मृति, संकल्प र फिल्मकर्मीबीचको आत्मीयताको दिनका रूपमा आयोजना गरिने बताए । उपाध्यक्ष अमर लामाले भने चलचित्र दिवस पनि वर्षभरिको समीक्षा र विवेचना गर्दै भावी योजनासहित अघि बढ्ने दिनका रूपमा चिनाउन खोजेका हौं ।

पत्रकार सम्मेलनमा नेपालको पर्यटन विकासको प्रवर्द्वन गर्दै भाषा, कला, संस्कृतिलाई सम्वर्द्वन गरी परम्परागत ज्ञान कलाको संरक्षण गर्न यो दिवस र अवार्डले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । यस अवार्डले तामाङ सिनेमाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।

SHARE