भोजपुर । कविता राई लाई ‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको छ। शनिबार धरान मा आयोजित कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको हो।
भीमबहादुर स्मृति प्रतिष्ठान ले नगद १५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको जनाएको छ।
कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक संस्थाले नेपाली भाषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्मान ग्रहणपछि राईले यस पुरस्कारले आफूलाई साहित्य क्षेत्रमा थप उत्साह प्रदान गरेको बताइन्। भोजपुर जिल्लाबाट साहित्य क्षेत्रमा सक्रिय रहँदै आएकी राईले विभिन्न विधामा सिर्जना गर्दै आएकी छन्।









