ज्योति गुरुङसहित दुई जनाविरुद्ध नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई रेड नोटिस जारीका लागि पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मितेरी सहकारीको बचत अपचलनमा सीआईबीले अनुसन्धान गरिरहेको छ । गुरुङ उक्त सहकारीको तत्कालीन प्रबन्ध निर्देशक थिइन् ।

SHARE