कांग्रेस र एमालेको सरकार ढाल्ने दिवास्वप्न कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने जिकीर गरेका छन् । बुधबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले कसैले सरकार ढाल्ने दिवास्वप्न नदेख्न भनेका हुन् ।

‘कांग्रेस र एमाले जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने कसैले दिवा सपना कसैले नदेखे हुन्छ’, उनले भने, ‘सरकार अहिले ढल्छ, भरै ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले गरिएको हल्ला हो ।’

उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको दाबी गरे । ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन्’, उनले भने ‘बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।

SHARE