ललितपुरको बुङमतीमा अवस्थित ‘द वण्डरल्याण्ड’ले पहिलो वार्षिकोत्सव मनाएको छ । यही कात्तिक १९ गते विशेष कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवमा वण्डरल्याण्डले विभिन्न खेल गतिविधिहरू र मनोरञ्जनका कार्यक्रमहरू गरेको थियो ।
वण्डरल्याण्डले वार्षिकोत्सवको अवसरमा आगन्तुकहरूलाई निःशुल्क प्रवेश, ट्र्याम्पोलिन र वाल क्लाइम्बिङजस्ता गतिविधिहरूमा सहभागिता जनाउने अवसर प्रदान गरेको थियो ।
एक वर्षको यात्रामा आफूहरूले बालबालिका, युवा र परिवारलाई स्वस्थ, मनोरञ्जनात्मक र सुरक्षित वातावरणमा उत्कृष्ट अनुभव प्रदान गर्न सफल भएको सञ्चालकले जनाएका छन् । आगामी दिनमा नयाँ खेलहरू तथा सुविधिहरू थप्दै लैजाने प्रतिवद्धता पनि सञ्चालकले जनाएका छन् ।
यसैबीच वार्षिकोत्सवकै अवसरमा वण्डरल्याण्डले जिपलाइन पनि सुरु गरेको छ । वार्षिकोत्सवको केही दिनअघिदेखि जिपलाइन सुरु गरेको हो ।
वण्डरल्याण्डमा हाल १०० भन्दा बढी खेल तथा मनोरञ्जन गर्ने क्रियाकलाप रहेका छन् ।










