सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बित

चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेका छन् । चितवनमा चेकजाँच गर्ने क्रममा सर्वसाधारणमाथि कुटपिटमा गरेको भन्दै उनलाई निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार यो घटना गत पुस १५ गतेको हो । भरतपुर महानगरपालिका–११ खोले गुम्बानजिकै बाइपास रोडमा चेकजाँच गर्ने क्रममा सर्वसाधारणमाथि असई भुजेलले कुटपिट गरेका थिए ।

यतिबेला सामाजिक सञ्जालमा दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’, ‘देखा’ भन्दै निर्घात कुटपिट गरेको भिडियो भाइरल छ । भिडियो भाइरल भएपछि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

SHARE