ताप्लेजुङको मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा केबलकारको विवाद चर्किएपछि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा टोली खटिएको छ ।
मुकुम्लुङ क्षेत्रमा केबलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार मुकुम्लुङ क्षेत्रमा केबलकार बनाउनु पर्ने पक्ष र विपक्षमा रहेको समूह भेला भएका छन् ।
अवस्था जटिल बन्ने देखिएपछि प्रदेश प्रहरी कार्यालयबाट समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा टोली खटिएको बताइएको छ ।