नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैठौं अधिवेशन सम्पन्न, इराज राउत अध्यक्षमा निर्वाचित

नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैठौं अधिवेशन एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। शनिबार रोयल जडिबुटी बैंकुट काठमाडौंमा आयाेजित भव्य कार्यक्रमका बीच समितिकाे छैठौं अधिवेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनको प्रमुख अतिथि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको थियो। यसैगरि कार्यक्रममा विशेष अतिथिको रूपमा संघिय संसद गङ्गा कार्की, पूर्वमन्त्री बिशाल खड्का र पूर्वराज्यमन्त्री देबी खड्का लगाएतका नेताहरु रहेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) दोलखाका पदाधिकारीहरू, समितिका पूर्वपदाधिकारीहरू लगायतको सहभागिता रहेकाे थियाे ।

उक्त अधिवेशनबाट इराज राउत समितिको अध्यक्षमा निर्वाचित  भएका छन् । समितिकाे उपाध्यक्षमा मोहन कार्की (जिरी), गौरी बुढाथोकी (कालिन्चोक), मधुरा कार्की (गौरिशंकर) निर्वाचित भएका छन् । सचिवमा ईश्वर फुयाल (तामाकोशी), सहसचिवमा सिम वहादुर लामिछाने (विगु) र काेषाध्यक्षमा बखन थामी (कालिन्चोक) निर्वाचित भएकाे निर्वाचन समितिले जानकारी दिएका छन् । साथै समितिको ४५ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित  भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायणकाजी श्रेष्ठले नयाँ नेतृत्वलाई बधाई दिँदै सांगठनिक सशक्तिकरण, जनसम्पर्क विस्तार तथा पार्टीको नीतिगत कार्यान्वयनमा क्रियाशील रहन आग्रह गर्नुभएको थियो।

अधिवेशनमा नेतृत्व परिवर्तनसँगै संगठनलाई थप सशक्त, क्रियाशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। नवगठित कमिटीलाई उपस्थित विशेष अतिथि, अतिथि तथा नेताहरूले शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए।

कार्यक्रममा पार्टीका विभिन्न क्षेत्र, जिल्ला तथा सम्पर्क कमिटीहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

SHARE