काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
रास्वपा र राप्रपाले विनियोजन विधेयकमाथिको छलफल बहिस्कार गर्दै आएका छन् । गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै उनीहरुले संसदमा विरोध जनाउँदै आएका हुन् ।











