काठमाडौं । चार कारोबार दिनमा सुन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको सुन घटेर अहिले १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।
चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको चाँदी आज २२९५ रुपैयाँ पुगेको छ ।










